आरआर क्याम्पसमा चैत २७ मा स्ववियु निर्वाचन गर्ने सर्वपक्षीय सहमति
काठमाडाैं | चैत १९, २०७९
काठमाडौँ: रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २७ गते हुने भएको छ ।
आइतबार सकेको सर्वपक्षीय बैठकमा चैत २७ गते स्ववियु निर्वाचन गर्ने सहमति जुटेको नेविसंघका नेता अशोकसिंह विष्टले बताए । विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।
स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए । अनेरास्ववियु (एमाले) लाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका थिए । क्याम्पस प्रशासनले नयाँ निर्वाचन अधिकृत तोक्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २७ मा निर्वाचन गर्ने सहमति भएको विष्टले बताए ।
काठमाडौं: सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वा...
गण्डकी: म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रम...
गण्डकी: कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका-२ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवा...

